सिम्रौनगढ नगरपालिकाको नगर सभा सम्पन्न / कही पे निगाहे कही पे निशाना ।


 तिरहुत साप्ताहिक / सिम्रौनगढ ।

 सिम्रौनगढ नगरपालिकामा पुर्ब सुचना अनुसार निर्धारित समय र ठाउमा नगर सभा हुन्छ  भन्ने बाटो कुरि राख्दा बेग्लै आर्कै ठाउमा नगर सभा  भएको  सुचना पाउँदा सभा कक्षमा उपस्थित उप मेयर सहित को वार्ड अध्यक्ष  र सदस्यहरु आक्रोशित भैइ आन्दोलन सुरु गरेको छ ।

कुनै अर्कै ठाउमा सम्पन्न भएको  सो नगर सभाले आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा अनुमानित सहितको ब्यय बजेट रु. ७४ करोड ४६ लाख ३६ हजार  ४ सय तीन पारित भएको जनाईयेको छ ।

यश सम्बन्धमा आज कार्तिक ३ गते  बिहान सात बजे नगर सभा हुने अधिकारिक सुचना अनुसार कडा सुरक्षा घेरा मा नगरपालिका को सभा कक्षमा जमा भएका उप मेयर नजबु शेहर सहित को वार्ड अध्यक्ष र सदस्यहरु उपस्थित भैइ सो बेला  अबेर  सम्म अनुउपस्थित रहेका मेयर किशोरी प्रसाद कलवार सहितको केही सदस्यहरुको आउने बाटो पर्खी रहेकै बेला फेस बुक मार्फत नगर सभा भएको  सुचना पाउदा एक्कासि उपस्थित सदस्यहरु आक्रोशित भएका थिये । यस्तै बेईमानी नियत ले हामी बहुमत सदस्यहरुलाई धोखा दी चोर बाटोले नगर सभा  गरेको र यो मिथ्या नगर सभाको बिरोध गर्छौ ,यसमा  हामी कानुनको सहारा लिन्छौ  भन्नी प्रतीकृया दिदै नगर सभा  बिरोध जनाउदै नगरपालिकाको मेन गेटमा ताला मारी आन्दोलन सुरु गरेको छ । 

यश बारे जानकारी लिन नगर प्रमुख किशोरी प्रसाद कलवार सग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यस्तै आन्दोलनकारीहरुले  मधेश प्रदेश्को मुख्यमन्त्री सरोज कुमार यादवले नगरपालिकामा हस्तक्षेप गरेकोआरोप लगाउदै   मेयर किशोरी प्रसाद कलवार र मुख्यमन्त्री यादव बिरुद्ध चर्को नारावाजी गर्दै नगरपालिका को मुख्य गेट नजिक मुख्यमन्त्री सरोज कुमार यादव र नगर प्रमुख किशोरी प्रसाद कलवार को पुतला दहन गरेका थिये । पुतला दहन गर्ने बेला प्रहरी र आन्दोलनकारी बिच झडप पनि भएको  थियो । 

नगर सभा सफल पार्न को लागि नगरपालिका परिसर र सडकमा लगभग एक हजार प्रहरीले सुरक्षा दी रहेको थियो ।तर नगर सभा अर्कै ठाउमा भएको सुचना पाउँदा उपस्थित सबै स्तब्ध भएका थिये ।


यस्तै  चार दिनमा सिम्रौनगढ नगरपालिकाको कार्यालयको गेटमा दुई वटा ताला लाग्यो ।

 नगरपालिकामा अन्तरगतका शिक्षा ,स्वास्थ्य , कृषि लगायेत करारका कर्मचारीहरु तलबको माग गर्दै  असोज ३० गते देखि नै  नगरपालिकामा ताला मारी धारणामाबसी आन्दोलन गरि रहेका छन । 

स्मरण रहोस सिम्रौनगढ नगरपालिकामा ८ जना वार्ड सहित को ३६ जना नेपाली काग्रेस , नगर प्रमुख  सहितको १६ जना लोकतान्त्रिक समाजवादी पार्टी  र एक जना वार्ड अध्यक्ष   सहितको पाच जना नेकपा एकीकृत समाजवादी पार्टी  को रहेको छ ।

Post a Comment

Previous Post Next Post