घोडासहन , ट्रेनमा आगो, ठूलो दुर्घटना हुन बाट जोगियो ।


 बाराको सिम्रौनगढ नजिक  सिमावर्तित भारतको घोडासहन स्थित रेल्वे स्टेसनमा आज एउटा रेलमा आगो लाग्न बाट जोगियेको छ । 

रक्सौल देखि सितामढी गयिरहेको 05213 नम्बरको  पसेन्जर रेल घोडासहन रेलवे स्टेशनमा प्लेट फर्म नम्बर 1 मा आई रुक्दा रेलको ईन्जन नजिक रहेको बोगीको तल आगो र धुवा निस्की रहेको देखेर पसेन्जरहरुमा भागदौड मचेका थिये । पछी रेल चालक सहित रेल कर्मचारीहरु आई देख्दा रेलको ब्रेक वाईडिङ नजिकबाट आगो निस्की रहेको थियो ।

छिटैनै सो बोगीलाई मरम्मतको लागि हटाई यात्रीहरुलाई अर्को बोगीमा ब्यवस्था गरि रेललाई गणतब्य स्थानको लागि छाडीयेको थियो ।येता सम्पुर्ण जानाकारी रेलवे कन्ट्रोल समसस्तीपुर रेलवे अधिकारीलाई जानकारी गराईयेको घोडासहन स्टेसन मास्टर सुजित कुमारले जानकारी गराउनु भयो ।

Post a Comment

Previous Post Next Post