काठमाडौ बाट महोतरी गयीरहेको यात्रुवाहक बस बारा को चुडिया माई नजिक पल्टिदा सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको राजस्थान का राजेन्द्र चतुर्वेदी, मीरा देबी,बैजन्ती देबी , सत्यवती देबी,श्रीकान्त चतुर्वेदी ,बहादुर सिह र महोतरी लोहारपटीका बिजय पण्डित रहेका छन
मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पल्टिँदा
जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट चालकको मोबाइल बरामद भएपछि अरू विवरण भेटिएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए । उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।
