बाराको सिम्रौनगढको विभिन्न ठाउमा नाग पन्चमी पर्वको अवसरमा माहाबिरी झण्डा मेला लागेको छ ।
यश सम्बन्धमा आज सिम्रौनगढ बस पार्क , खजानी को आम गाछी मा महाबिरी झण्डाको आयोजना गरियेको थियो । जस अन्तरगत सिम्रौनगढ बजार , सानो ईटवाल, ठूलो ईटबाल , अमर पुर ,सतुवाही र कमल पुर को झण्डाहरु सिम्रौनगढ बस पार्क मा आयेका थिये भन्ने । खजानी आम गाछीमा लाग्ने झण्डामा खजानी, अमृतगन्ज , नैका टोला , ननसगरा ढाट , सलेम पुर , गङानगर , हरिहर पुर लगायेतका झण्डा आयेका थिये ।
श्रधालु भक्तजनहरुले आज बिहानै देखि नाग बाबाको पुजा गरी महाबीरी निकालेका थिये । तथा भक्तजनहरुले झर्की, ठकरा ,लाठी खेलेका थिये । आजै बाराको सिम्रौनगढ वार्ड न ६ टोल सतुवाहीमा नाग पन्चमी को मेला लागेका थिये ।
