बच्चा चोर्ने युवक पक्राउ ।


 बच्चा चोर्ने युवक पक्राउ ।

तिरहुतसाप्ताहिक / सिम्रौनगढ ।

दुईवटा बच्चाहरुलाई बोरामा राखी भारत तर्फ लगी रहेको एक जना भारतियेये चोरलाई  शस्त्र प्रहरी र स्थानियेवासिहरुले पक्राउ गरेका  छन ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।


बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।


उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।


Post a Comment

Previous Post Next Post