अब नेपाल भारतमा ओहर दोहर गर्दा सिमामा अनिवार्यरुपले परिचय पत्र लगने भएको छ ।
सुरक्षाको दृस्ठिकोणलाई मद्ययनजर राख्दै यस्तो निर्णय लिईयेको जनाईयेको छ । जसमा भारतिये र नेपाली नागरिकहरुलाई सिमा क्षेत्र भयेर आउन जान अनिवार्य रुपले आफ्नो परिचय पत्र लियेर हिडनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।
नेपाल भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाली र भारतीय नागरिकहरु ओहरदोहर गर्नेलाई अनिवार्य रुपमा आफनो परिचय खुल्ने गरी कागजात हेरर जान दिइरहेको बाध्यात्मक आवस्थाको सृजना भएको हो ।
पाकिस्तानी महिला सिमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुदै भारत प्रवेश गरेको विहार हुँदै उतरप्रदेशको नोयडा पुगे पछि सिमामा तैनाथ भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र हेरेर मात्रै ओहरदोहर गर्न दिइरहेका छन् ।
मधेश प्रदेश सहित नेपालको सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सिमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन । पहिचान खुल्ने कागजाता नदेखाउदा उनीहरुले सिमाक्षेत्रमा आवतजावत गर्नमा रोक लगाएका हुन् ।
भारतीय नागरिक सचिन मिणासँगै नेपाल हुदै पाकिस्तानी नागरिक सिमा हैदर चार बच्चा सहित भारतमा प्रवेश गरेपछि भिठामोड नाकामा खटिएका सबै सुरक्षाकर्मीलाई कारवाहीको गरिने भएकोले मधेश प्रदेश सहित भारत नेपालका सिमावर्तीक्षेत्रमा तैनाथ एसएसबीले आवागमनका बेला यात्रुहरुले अनिवार्य परिचयपत्र देखाउनु पर्ने नियम लागु गरेका छन । भारतीय सुरक्षाकर्मीहरुले सिमाक्षेत्रमा निकै कडाइ गरेका छन ।
यस अघि नेपाल भारत सिमाक्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा यात्रुले कागजात प्रमाण देखाउने व्यवस्था थिएन । “अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण मागिरहेका छन ।” दुर्गा भगवतीका स्थानिय पियुष राजले भने “यस अघि कहिले पनि यसरी नागरिकता प्रमाणपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाई गरिएको छ ।” परिचय खुल्ने प्रमाण नदेखाउनेलाई एसएसबीले सिमा पार गर्न दिएका छैनन ।
पाकिस्तानी नागरिक सिमा हैदर १३ मे का दिन काठमाण्डौबाट महोतरीको भिठामोड हुदै नसहज रुपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले उनको बारेमा गहन छानबिन गरिरहेका छन । सिमा र सचिन १० मार्च देखी १७ मार्च सम्म काठमाण्डौंमै रहेका थिए ।
