सिम्रौनगढमा एउटा युवकले आफ्नै श्रीमतीको हत्या गरे ।


 बाराको सिम्रौनगढ ६ गोरु बजार स्थित ससुराली आयेका युवकले आफ्नै श्री मति को हत्या  गरेको छ ।बुधवार बिहान  तीन बजे  श्रीमती सुतेको कोठामा एक्कासी पसि भित्र बाट ढोका बन्द गरि धारीलो हतीयारबाट घाँटी रेती हत्या गरेको छ । उसको आफ्न्तले हल्ला गरे पछी छिमेकी हरु आई ढोका खुलायेर  हेर्दा युवक हत्या गरि भाग्न प्रयास गर्दा  छिमेकीहरु युवकलाई समाती प्रहरी लाई फोन गरि प्रहरीलाई बुझायेका थिये । 

भारतको ढाका थाना अन्तरगत का रुपौलिया निवासी अम्रुलाह भन्ने राजा को सात वर्ष पहिले बारा सिम्रौनगढ ६ निवासी जाहिर मिया चुडीहारको छोरी २४ वर्षिया आशमिन खातुन शीत बिहे भएको र दुल्हा पक्षले सधै दहेजमा खेत बेची रुपैया माग्दै आयेका थिये । आश्मिनको दुई छोरा एक छोरी छन । प्रहरी सो स्थानलाई शिल गरि अन्सन्धानमा जुटेका छन ।आवश्यक कागजात तैयार गरि शवलाई पोस्टमार्टमको लागि कलैया पठाईयेको ईप्रका सिम्रौनगढले जनायेका छन । 


Post a Comment

Previous Post Next Post