सिम्रौनगढ नगर अस्पताल बन्द/ ताला मारी धारणा सुरु ।


 बाराको सिम्रौनगढ नगरपालिका ७ स्थित सिम्रौनगढ् नगर अस्पताल हिजो सोमवार  देखि बन्द भएको  छ ।

यश सम्बन्धमा यहाँ कार्यरत करार र ज्यालादी कर्मचारीहरु  आफ्नो तलब पाउनु पर्ने सहित  विभिन्न मागहरु राखी नगर अस्पतालको मेन गेटमा  ताला मारी धारनामा बसेको छ ।


यहाँ कार्यरत कर्मचारीहरुको माग अनुसार  तलब भता उपलब्ध गराईने ,रात्री भाता,चाड पर्व भाता र म्याद थप लगायतका मागहरु यथासिघ्र पूरा हुनु पर्ने रहेका छन ।

सिम्रौनगढ नगर अस्पताल प्रमुख  डा. जितेन्द्र यादव ,श्याम सुन्दर कुधवाहा, रविन हुसेन ,पवन पटेल, अयुब मिया अन्सारी ,ललिता यादव, नितु गुप्ता , रन्जु कुशवाहा ,सन्तोष कुमार कुश्वाहा लगायेतका २४ जना कर्मचारीहरुले आज ११:४५ बजे ताला मारेका  थिये । हाम्रो माग हरु यथासिघ्र पूरा हुनु पर्ने न भये आन्दोलनको थप कार्यक्रम घोषना गर्न बाध्य हुनै छौ । जनाईयेको छ ।


Post a Comment

Previous Post Next Post