सिम्रौनगढका सम्पुर्ण वडाहरु बन्द ।


 बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतका सम्पूर्ण एक देखि  ग्यारहौ वार्डहरु  आज देखि  बन्द  भएका छन ।

वार्डका कर्मचारीहरु तलबको माग गर्दै वार्ड बन्द गरि बिरोधमा उतरेका छन ।

यश सम्बन्धमा कर्मचारीहरु विभिन्न  मागहरु राखी बिरोध मा उतरेका छन । आर्थिक वर्ष २०७९/०८० सम्मको बाकी रहेको तलब भता र पोशाक भता  ईन्धन खर्च , यथासिघ्र उपलब्ध गराने  लगायेतका रहेकाछन ।

कार्यालय बन्द गर्दै सचिव  निरन्जन कुशवाहा, राजाराम ठाकुर, उमेश यादव , पलट पन्डित ,साहेब ठाकुर ,नितेश यादव , बिरबल यादव ,चन्दन कुमार , जयलाल सहनी , समाजिक परिचालक मुकेश मेहता,कृपा कुमारी ,पिन्की कुमारी,   कमप्युटर अपरेटर  रेखा कुमारी  लगायेतको उपस्थिति रहेको थियो ।

आज देखि बन्द भयेका सिम्रौनगढ नगरपालिका को ग्यारहौ वडाहरु नितिगत निर्णय न भये सम्मको लागि बन्द रहने बिरोध कर्ताहरुले जनायेका छन । 


Post a Comment

Previous Post Next Post