बाराको सिम्रौनगढ नगरपालिका मा आज १० गते अयोजना भएको सातौ नगर सभा एव नीति तथा कार्यक्रम बिवादका कारण सफल हुन सकेन ।
नगर प्रमुख किशोरी प्रसाद कलवार को अध्यक्षतामा सुरु भएको सातौ नगर सभा अतिथिहरुलाई स्वागत एव उदघाटन हुनु लगतै नेपाली काग्रेस सम्बन्ध वार्ड अध्यक्षहरुले पुरानो हिसाब किताब मागेको र बजेट बनाउदा नगर उप प्रमुख नजमु शेहर लगायेत हामी कसै सग कुनै राय सल्लाह न गरि आफनो मनमानी तवरले बजेट बनाई सार्बजनिक गर्न चाहनु भएको वार्ड न. ४ को अध्यक्ष अवधेश सहनीले बताउनु भयो ।यसै क्रममा नगर प्रमुख कलवारले बिपक्षीलाई जवाब दिने क्रम उप प्रमुखलाई असक्षम भन्दा बिवाद बढी बिवाद सगै झडप समेत भएकोे थियो ।
११ वटा वार्ड भएको सिम्रौनगढ नगरपालिकामा ८ वटा नेपाली काग्रेस , दुई लोसपा , एउटा ए समाजवादी रहेको छ ।
कार्यक्रममा उप प्रमुख नजमु शेहर ,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल जसपा का पन्नालाल कुशवाहा, ए समाजवादीको बतहु यादव ,एमाले को ताराचन्द प्रसाद साह , उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो ।
कार्यक्रम को सन्चालन जिन्सी प्रमुख भोजेन्द्र यादवले गरेका थियो ।
निति कार्यक्रम प्रस्तुत हुनु भन्दा पहिलेनै बिवाद हुदा नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन ।
