घोडासहनमा प्रहरी र डाका बिच भिडन्त /दुई डाकाको मृत्यु/ डाकाहरु नेपाल तर्फ भागे दुई


 रामेश्वर मेहता / सिम्रौनगढ 

बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित शहर  घोडा सहन मा डाका  र प्रहरी को भिडन्तमा दुई जाना डाकाहरु मारियेका छन ।

गये राती घोडासहन  पुरनहिया नजिक डकैती गर्न योजना बनाई रहेका डाकाहरुको समूह लाई गुप्त सुचनाकोअधारमा मोतिहारी बाट खटेका प्रहरी ले  नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी डाकाहरुले बम प्रहार गरे पछि जवाबी कार्वाहीमा दुबै तर्फबाट भिडन्त भएको  थियो ।  जसमा दुई जना डाकाको मृत्यु भएको  र तीन जना प्रहरी  घाईते भएको  छ । धटना स्थल बाट  पिस्टन, देशी बम , बम बनाउने  समान्हरु , कुल्हाडी र ग्यास सलेन्डैर बरामद भएको जनाईयेको छ ।  लगभग १५ / २० जनाको समुहमा आयेका डाकाहरुमा केही घाईते पनि  भएको  र उनीहरु नेपालको सिमा तर्फ भागेको जनाईयेको छ । । साथै मृत्युभएको  डाकाहरु को फोटो पहिचानको लागी भारत नेपाल  दुबै तर्फ का सिमावर्तित थानाहरुमा फोटो पठाईदै छ र सिमा सिल गरि   घटनाबारे व्यापक अन्सन्धान भैइरहेको मोतिहारीको एस. पी. कांतेश कुमार मिश्रा ले बताउनु भयो ।


Post a Comment

Previous Post Next Post