घोडासहको चर्चित डाक्टर जेड जावेद माथी गोली प्रहार
सितामढी शिवहरमा कार्यरत घोडासहनको चर्चित चिकित्सक डा. जेड जावेद लाई अपराधिहरुले गोली हानेको छ ।
बाईकमा सवार भई आयेका दुई जना अपराधिहरु ले डा. जेड जावेद लाई टाउकोमा गोली हानेका थिये ।गोली लागि घाईते डा. जेड जावेदको उपचार निजी अस्पतालमा भैइरहेको छ र वाहाको हालत चिन्ताजनक रहेको जनाईयेको छ । सुचना पाउन साथ प्रहरी घटना स्थलमा पुगी पुर्ण जानकारी ली अपराघिहरुको खोज तलासमा जुटेका छन । यसको सुचना घोडासहनमा आउन साथ पुरै घोडासहन वासी शोकमय भएका छन । डा. जेड जावेद को पैतृक घर घोडासहन वार्ड न. ७ आलु गदी नजिक रहेको छ ।
स्कारपिओले सितामढीबाट शिवहर आयेका डा. जावेद लाई गाडी मै बसेको अवस्थामा बाईकमा सवार भैई आयेका दुई जना अपराधिहरुले गोली हानी फरार भएको डा. जावेद को गाडी चालक सिकिन्दर कुमारले जानकारी गरायेका छन ।
