घोडासहन श्रीपुरमा भिषण डकैती

 घोडासहनमा भिषण डकैती 

रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन थाना क्षेत्र को श्रीपुर जानकी कोठी स्थित कप्रेटिभ बैकको उपाध्यक्ष अरुण सिह र उन्को छोरा जा. प. प्रवक्ता   अभिजित सिह को  घर गये राती भिषण डकैती भएको  छ ।


लुटेराहरु राती ११:३० बजे २२ जना को सख्यामा आई घरको  ताल्चा तोडि भित्र पसेका थिये । घरमा पसेर लुटेराहरुले परिवारका सदस्यहरुलाई कुटपिट गरि घरमा रहेका गहना आवश्यक कागजात र नगद सहित २५ लाख रुपैया लुटेर लगेका पिडित सिह ले बतायेका छन ।

 यश सम्बन्ध मा अरुण सिहको छोरा अभिजित सिह बताउनु हुन्छ कि ११;३० बजे २०/२२ जना  डाकाहरु मेन गेटका ताला तोडी भित्र पसेका थिये र मेरो कोठा मा १० जनाको सख्यामा आई मेरो घरको सबै लक तोडे र म सग डेर घण्टा सम्म बहस गरि कुट्पिट गरे यो कुटपिट ले मलाई यस्तो लाग्यो कि ईनिहरु कही न कही बाट प्रेरित भैइ यो काम गरिरहेको छ ।

  लुटेराहरु आफू साथ ल्यायेका बम र गोली फायर गरि भागेका थिये।  प्रहरी लाई सुचना गरे पनि प्रहरी मुख दर्शक बनेका पिडित अरुण सिहको छोरा अभिजित सिह  र स्थानिये वासिले बतायेका छन  । 

यस घटना बारे सिकर हरनाहाको डी एस पी र स्थानीय प्रहरी जाचमा जुटेका र बेतिया बाट डाग स्क्वायेर को टीम आई  जाँच गरेरहेको तथा छिटैनै लुटेराहरुको पता लगाइएने घोडासहन थाना अध्यक्ष  सतेन्द्र सिह ले जानकारी गराउनु भयो ।


Post a Comment

Previous Post Next Post