बारा क्ष. २ को लागि ३६ जनाको उम्मेदवारी ।
रामेश्वर मेहता
धेरै नि चर्चाको बिषय बनेका बारा क्षेत्र न २; को निर्वाचन्को लागि झडै १२ जना दलगत र २४ जना स्वतन्त्र गरि ३६ जनाले उम्मेदवारी दर्ता गरायेका छन ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि सदरमुकाम कलैयास्थित मुख्य उपनिर्वाचन कार्यालयमा साेमबार उम्मेदवारी दर्ता गरिएको हाे ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सराेज चाैधरीका अनुसार एमालेबाट पुरूषाेत्तम पाैडेल, जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमतबाट शिवचन्द्र कुसवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायत ३६ जनाकाे उम्मेदवारी परेकाे हाे ।
जसमध्ये २४ जना स्वतन्त्र र १२ वटा दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका हुन् । गत मंसिरकाे चुनावमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएकाे हाे । साेही क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको छ ।
