बाराको सिम्रौनगढ नगरपालिकाको विभिन्न शखामा आज ताला मारियेको छ ।
यश सम्बन्धमा नगरपालिकाको मेयर कार्य कक्ष , उप मेयर कार्य कक्ष प्रमुख प्रशासकिये अधिकृत कार्य कक्ष ,योजना शखा , जिन्सी शखा मा ताला लगाईयेको छ ।
सो ताला यश नगरपालिका को २१ जना कार्यपालिका सदस्य मध्ये १६ जना तथा ११ जना वार्ड वार्ड अध्यक्षहरु मध्ये ८ जना वार्ड अध्यक्षहरु द्वारा ताला लगाईये जनाईयेको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवार द्वारा कार्यपालिका को तथा नगर सभाको निर्नय बमोजिम कार्य सन्चालन न गरीआफू मन खुशी काम गरेको र पटक पटक भन्दा पनि कार्यपालिका निर्णयलाई बेवस्था गरेको भनी यो ताला लगाईयेको वार्ड अध्यक्ष एजुलाह अन्सारीले बताउनु भयो ।
यश बारे मेयर किशोरी प्रसाद कलवार सग सम्पर्क गर्दा वाहाले बताउनु भयो कि मैले कार्यपालिका बाट निर्नय भएको सबै कार्यहरु कार्यवनयन गरेको छु तर वाहाहरु को कसरी र कस्तो बुझनु भएको छ त्यो वाहाहरु कोबुझाई हो ।
वार्ड न ४ को वार्ड अध्यक्ष अवधेश कुमार सहनीको नेतृत्व मा वार्ड न १ को दिनदयाल मुखिया, वार्ड न २ को अरबिन्द मुखिया ,वार्ड न ३ को एजुलाह अन्सारी वार्ड न ४ को अवधेश कुमार सहनी लगायेतको ८ जना वार्ड अध्यक्ष र १६ जना कार्यपालिका सदस्यहरुले ताला लगायेका थिये ।
जब सम्म कार्यपालिका बैठकमा भएको निर्णयहरु कार्यवनयन हुदैन तब सम्म ताला न खोलिने वार्ड अध्यक्ष अवधेश सहनी ले बताउनु भयो ।
