सिम्रौनगढ मे होली प्रतियोगिता

 सैया मारे फुल गेनवा के मार फुलवरिया मे ना जैइबो हो ....

 रामेशवर मेहता / सिम्रौनगढ ।

बाराको सिम्रौनगढ ७ टोल सिम्रौनगढ स्थित कंकाली मन्दिर मरिसरमा सनिवार सदा बहार होली गायन प्रतियोगिता सम्पन्न भएको छ ।

सहभागी टीमहरुले वदन्त रितुको उमंगमा रमियेर श्रीङ्गार रस को होली गीत गायेर पुरै माहौल झुमायेका थिये ।

अचरा मे घुङुरा धरा द सैया हो , फागुन मासे झमर हो झमर बाजे ।

सिम्रौनगढ वार्ड न ६ को आयोजना तथा वार्ड न ७ को सहयोगमा भएको  यो होली गायन प्रतियोगितामा सिम्रौनगढ नगरपालिकाका ५ वटा का गाउले हरुको सहभागिता रहेको थियो ।जस अनुसार वार्ड न ६ को अमरपुर ,सिम्रौनगढ बजार ,सलेमपुर र वार्ड न ७ को कमलपुर र खजानी रहेका छन  । जस माध्ये निर्नायक समितिले तीन वटा समूह क्रमस: अमरपुर ,खजानी र सलेमपुर का गाउलेहरुको टीमले  बराबर बराबर नम्बर पायेका हुनाले तिनै टीमहरुलाई पुरिस्कृत गिरियो । यो होली गायन प्रतियोगिताले लोप्नोमुख हुन गयेको होली गीत र साशकृतीलाई उजागर गरियेको छ । यो   पुरै सिम्रौनगढ ईलाका भरी एक किसिमको नया सन्देश गयेको छ र यसको  फलस्वरुप गाउँ गाउँ मा होली गीत गाउन सुरु भएको  छ । होली प्रतियोगितामा सहभागी टीमहरुलाई  सो ही समारोह बिच वार्ड६ को  अध्यक्ष नन्दकिशोर जयसवाल र वार्ड न ७ को वार्ड अध्यक्ष  विवेक मेहता  ले  गन्जी गमछा र नगद ५१ सय तिनै टिमहरुलाई पुरुस्कार दिईयो ।

यश अवसरमा समाजसेवी रामजन्म कुशवाहा ,दिनेश प्रसाद कुश्वाहा ,गौरी शंकर  कुश्वाहा , प्रमानन्द प्रसाद जयसवाल ,जगदिश महतो लगायेत ठूलो संख्यामा गाउले हरुको उपस्थिति  थियो ।



Post a Comment

Previous Post Next Post