बाराको सिम्रौनगढ ७ स्थित कंकाली मा. वि. काे पारङणमा आयोजित नि: शुल्क स्वास्थ्य शिविरलाई उदघाटन गर्दै प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी प्रसाद कलवारले बताउनु भयो कि स्वास्थ्य नै हाम्रो अमुल्य धन हो यसलाइ यस्तै खेर जानू हुदैन बेला बखतचेक जाच गराई रहनु पर्दछ ।कुनै पनि रोग लुकाउनु हुनु हुदैन ।रोगलाई जति लुकाये यो उति बिकराल रुप लिन्छ र असमय मै म्रुत्यु पनि हुन सक्छ । यहस नगरपालिका मा हामी मुलत तीन कुरालाई बढी प्राथमिक्तामा राखेका छौ ,शिक्षा ,स्वास्थ्य र कृषि यी तीन वटै कुराको विकाशले मात्र अरु विकास सम्भव छ ।विधालयमा शिक्षकको कमीलाई पूरा गर्ने ,बिधालय ब्यवस्थापन समितिको चयनमा विशेष ध्यान दिदै कृषकहरुकोलागि मल बीउ उपलब्ध गराउने र सिचाईकोलागी कृषि मिटरमा लाग्ने रकम नि: शुल्क गरेको सर्वबिदितै छ ।
सिम्रौनगढ नगरपालिका ७ को वार्ड अध्यक्ष बिवेक मेहताको अध्यक्षतामा भएको यो स्वास्थ्य शिविरमा ईन्टरनल मेडिसिन ,नवजातशिशु तथा बाल रोग,नशा तथा हार्ड जोर्णी , जेनेरल लेप्रोसकोपी सर्जरी र प्रस्तुती तथा स्त्री रोग सम्बन्धि चेक जाँच भैइ औषधि बितरण गरियो ।
सिम्रौनगढ नगरपालिका वार्ड न. ७ को आयोजना र स्पर्श स्पेस्लिटी होसपिटल बिरगन्जको सहयोग र वार्ड अध्यक्ष बिवेक मेहताको पहलमा यो शिविर सन्चालन भएको जनाईयेको छ । डा. महेश्वर प्रसाद कुर्मी को नेतृत्व मा डा. निवेश पाल रमण ,डा. नितेश कर्ण , डा. बबिता चौधरी , डा. पवन चौरशिया लगायेतका १६ जनाको टिमको सहभागिता रहेको थियो ।
सिम्रौनगढ नगरपालिका ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादवले स्वागत गरेको उदघाटन शत्रमा सिम्रौनगढ् न.पा. उप मेयर नजमु शेहर . सामाजसेवी राजकपुर मेहता, रामेकवाल प्रसाद यादव ,दिनदयाल मुखिया जज्ङबहादुर यादव उधोग वाणिज्य सघ सिम्रौनगढ का अध्यक्ष लालबाबु प्रसाद कुशवाहा ,रामबाबु कुशवहा लगायेत स्थानिये भद्रभलादमीको उपस्थिति रहेको थियो ।
कार्यक्रम को सन्चालन सिम्रौनगढ नगरपालिका स्वास्थ्य संयोजक बिजय ठाकुर ले गर्नु भएको थियो ।
यो स्वास्थ्य शिविरमा महिला पुरुष गरि ४०५ जनाको चेक जाँच भएको र३५ जनालाई थप उपचारको सल्लाह दिईयेको थियो ।

