सिम्रौनगढको चर्चित नेता महाबीर साह को मोटरसाइकल दुर्घटनामा मृत्यु


 सिम्रौनगढ ईलाका भरीमा चर्चित ब्यक्ति पुर्ब मुखिया माहाबिर साह कानुको मोटरसाइकल दुर्घटना मा मृत्यु भएको छ ।

बारा सिम्रौनगढ १० टोल देवापुर टेटा निवासी महाबिर साह कानु  मोटरसाइकलले सिम्रौन गढ बाट आफ्नो घर गयीरहेको बेला ६: १५ बजे बिपरित दिशा बाट आईरहेको ना १८ प ५१४१ नम्बरको प्लाटिना मोटरसाईकल चालक सिम्रौनगढ ४  टोल गङानगर  निवासी वाल्मीकि यादव को मोटरसाइकल को टक्कर ले महाबिर साहको घटना स्थल मै मृत्यु भएको जनाईयेको छ ।

घाईते भएको वाल्मीकि यादवको उपचार सिम्रौनगढ नगर अस्पतालमा भैइरहेको छ ।यता धाईते वाल्मीकि यादव सग सोध्दा मेरो मोटरसाइकल को टक्करले घाइते भैइ खसेका वाहालाई अर्को मोटरसाइकलले पुन: ठोकर मारी भागेको यादवले बताये ।तर केही गाउले हरु यसै ले  ठोकर मारी मारेको र आफू बाचन  लागि यस्तो मनगढ्न्त कुरा भन्नेको बतायेका छन । सुचना पाउन साथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी आई शवलाई नियन्त्रणमा ली छानबिन सुरु गरेका छन । यसै बिच सिम्रौनगढ नगर प्रमुख किशोरी प्रसाद कलवार र उप प्रमुख नजमु शेहर घटनाबारे सिम्रौनगढ नगर अस्पताल पुगी घटना बारे जानकारी लियेका थिये । मृतक महावीर साह कानु साबिक गाबिस देवापुर टेटा को गाबिस अध्यक्ष थिये । ७२ वर्षिये साह आफ्नो युवा अव्स्था देखि हाल सम्म गरिब जनताहरुको सहयोगीको रुपमा वाहाको पहचान बढेका थिये । कुनै पनि  गरिब वा निम्न स्तरिये परिवारको  बिरामी भएको बेला सहयोग गरि बिरगन्ज, रक्सौल, मोतिहारी र पटना अस्पताल  सम्म पुर्याई इलाज गरान्थ्ये । महिना को १५/ २० दिन अस्पताल मै रहन्थ्ये ।वाहाको मृत्युले पूरा सिम्रौनगढ शोकमय भएको छ । 

यश सम्बन्ध मा मोटरसाइकल चालक वाल्मीकि यादव को पछाडी बसेका सिम्रौनगढ ३ नेका टोला निवासी राजीव यादव शीत सम्पर्क हुन सकेन ।  त्यस्तै महाबिर साह सगै पछाडी  बसेकी  कि उनकी नातिनी समान्य घाईते भएकि छीन ।

Post a Comment

Previous Post Next Post