बिगत सात दिन देखि बन्द रहेको बाराको सिम्रौनगढ ७ स्थित सिम्रौनगढ नगर अस्पताल आज ४ बजे देखि खुलेको छ ।
यश समब्धमा आज सिम्रौनगढ नगर ब्यवस्थापन समिती को संयोजक सिम्रौनगढ नगरपालिका उपमेयर नजमु शेहरको अध्यक्षता सिम्रौनगढ नगर अस्पताल ब्यवस्थापन समितिको बैठकले आन्दोलनकारीको माग सम्बोधनको सम्बन्ध मा निम अनुसारको निर्णय गरि अस्पताल को ताला खोलियेको छ । पहिले देखि झै सबै सेवा सुचारु राख्ने ,२४ घन्टा अस्पताल खोल्ने , कर्मचारीको तलब भता दिने र कर्मचारीको पद स्थापनको सम्बन्ध मा यहाँ कार्यरत २८ जना करारको कर्मचारीको बारेमा कर्मचारी ब्यवस्थापन अन्तरगत विधि प्रक्रियामा पर्ने कर्मचारी लाई पद ब्यवस्थापन हुने बाकी छुटेका कर्मचारीहरु लाई यहाँ कर्मचारी आवश्यकता भयेमा पछी वाहाहरुलाई नै ग्रहता दिने भन्नी वार्ड नम्बर ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव उदघोष्ण गरि अस्पताल मा लगाईयेको ताला खुलेको छ ।
सो अवसरमा मेयर किशोरी प्रसाद कलवार , उप मेयर एव नगर अस्पताल ब्यवस्थापन समिती संयोजक नजमु शेहर , सदस्य वार्ड न४ को वार्ड अवधेश कुमार सहनी , ७ को बिवेक मेहता , ९ को रामएकवाल प्रसाद यादव , ११ को सुरेन्द्र
प्रसाद जयसवाल , १ दिनदयाल मुखिया ५ को शिवमङल कुशवाहा , ६ को नन्दकिशोर प्र्साद जयसवाल , आन्दोलन नेतृत्वकर्ता अयुब अन्सारी लगायेत कर्मचारी र केही सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । यश सगै नगरपालिकाको कर्मचारी ब्यवस्थापन देखि सबै कार्य विधि अनुसार हुने अस्वाशन पछि हिजो नगरपालिका कार्यालयको पाच वटा कोठामा लगाईयेको ताला पनि खोलियेको छ ।
