मधेश प्रदेशमा जसपा संसदीय दलको नेता चयन गर्न असफल ।

 तिरहुत साप्ताहि  / सिम्रौनगढ                                              मधेश प्रदेशमा जनता समाजवादी पार्टी ले  अफनो संसदीय दलको नेता सर्वसम्म्त बाट  चयन गर्न असफल भएको छ          ।             


दुई दिन बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा दलको नेता चयन गर्ने प्रयास भएको थियो । मधेस प्रदेशमा संसदीय दलको नेता हुनलाई जसपा पार्टी मा मुख्यमन्त्री लालबाबुराउत गद्दी , सभामुख सरोज यादव र जसपा पार्टी का निवर्तमान नेता रामाषिश  यादव दाबी गरेका छन ।

यो प्रयास असफल भएसँगै पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

बैठकले लालाबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनमध्ये बाट एकजना चुन्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको हो ।

Post a Comment

Previous Post Next Post