अब नेपालमा राजनीतिको नया खेल सुरु , नेपाली काग्रेसले दियो राप्रपा को लिङदेनलाई प्रधानमन्त्रीको अफर ।

 तिरहुत साप्ताहिक / सिम्रौनगढ        


नेपाली काग्रेसको सतरन्जको गोटी एक कदम अघि बढदै  पुष्कमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अधयक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ दियो ।

दहाल नेतृत्वको सरकारलाई हटाउन नेपाली काग्रेसले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रचण्ड   नेतृत्वको सरकारलाई बहुमत सिद्ध हुन न दिन  कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्।

राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’

ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए।

‘हामीले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छौँ भनिसकेका छौँ। त्यसैले उहाँहरुसँगको हाम्रो सहयात्रा कहाँसम्म अघि बढ्ने हो भन्ने कुरा उहाँहरुकै हातमा छ,’ अध्यक्ष लिङ्देनका विश्वासपात्र राप्रपाका एक नेताले भने।

एमालेका एक शीर्ष तहका नेताले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नै लिन नदिने योजना कांग्रेसले बनाइरहेको सूचना आफूहरुलाई रहेको बताए। एमालेका पदाधिकारी तहका ती नेताले भने, ‘उहाँहरु (कांग्रेस) कम्मर कसेर लाग्नुभएको छ। प्रधानमन्त्री नै अफर गर्नुभएको कुरा आएको छ। तर त्यसलाई सफल हुन दिँदैनौँ।’

कांग्रेसले राप्रपालाई एमाले–माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आँकलन गरेको छ।

बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको कुराकानीमा छन्। पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पुर्‍याउने मिसनसाथ कांग्रेस अघि बढेको एक नेताले जानकारी दिए।

दाहालले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिएका थिए।

 भोजपुरी कहावत तु डाढे डाढे हम पाते पाते ।अब देख्न बाकी छ कि उट कता करवट लिन्छ ।

Post a Comment

Previous Post Next Post