सिम्रौनगढ / तिरहुत साप्ताहिक
मधेस प्रदेशमा जनता समाजवादी पार्टी ले आफ्नो संसदीय दलको नेताको नाम भोलि टुंग्याउने भएको छ।
आज बिहीबार बसेको जसपाको बैठकले संसदीय दलको नेता चयनका लागि विधान पारित गर्ने र शुक्रबारसम्ममा दलको नेता चयन गर्ने निर्णय गरेको पार्टीका प्रदेश समितिका मुख्यसचिव दिनेश यादवले बताए।
मधेस प्रदेशमा १६ सांसद रहेको जसपाबाट संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज राय, रामआशिष यादवलगायतका आकांक्षी छन्।
दलले सर्वसम्मत रुपमा दलको नेता नयन गर्न नसके भोलि निर्वाचत प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने जनाइएको छ।
