प्रभु साहले खोले आम जनता पार्टी
रामेश्वर मेहता / सिम्रौनगढ
अन्तोगत्वा चर्चित नेता प्रभु साहले नेपालको राजनीतिक लाई मद्य नजर राख्दै आफ्नो नेतृत्वमा ५१ सदस्यीय आम जनता पार्टी स्थापना गरेका छन ।रौतहट क्षेत्र न. ३ बाट स्वतन्त्र रुपामा प्रतिनिधि सभा सदस्यमा जितेका प्रभु साहले
आम जनताहरुको चाहना अनुरुप आम जनता पार्टी स्थापना गरेका बताउनु भयो । विहिवार संघिय राजधानी काठमाडौंमा प्रभु साहको अध्यक्षतामा स्थापना भएका आम जनता पार्टीका ५१ जना केन्द्रीय कमिटि गठन गरिएका हुन् । सातै प्रदेश इन्चार्ज, अध्यक्ष चयन भएको बताइएको छ । प्रदेश १ मा अध्यक्ष हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, वागमती प्रदेशको अध्यक्षमा नाम्गेल मुक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्षमा राजन यादव मनोज र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा पर्मानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णाली प्रदेश अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदुर पश्चिम प्रदेश अध्यक्षमा केशवराय चौधरी र इन्चार्जमा कुण्डन कुशवाहा लाई चयन गरिएको नवगठित पार्टीका अध्यक्ष प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप राखिएको छ ।
उक्त बैठकबाट मंसिर ४ गते निर्वाचनमा स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा साथ दिएका सम्पूर्ण न्यायप्रेमी जनताहरु प्रति उनले आभार व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र मा लामो समय जीवन बितायेका साह बिभजन पछी एमालेमा प्रवेश गरेका थिये पुन: एमाले सित मतभेद पछी मन्सिर ४ को आम चुनावमा स्वतन्त्र रुपले चुनाव लडी जितेका थिये ।
