सिम्रौनगढको राष्ट्रिय क्रीकेट खिलाडी आदिल अन्सारी पक्राउ
तिरहुत साप्ताहिक / सिम्रौनगढ
बाराको सिम्रौनगढ ३ जोलाही टोला निवासी नेपाल राष्ट्रिय कृकेट टोलीका सदस्य आदिल अन्सारी र उनका साथै पुर्ब राष्ट्रिय क्रीकेटर महबुब आलम पक्राउ परेका छ ।
नेपाल टी-20 लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो ( सी आई बी ) को टोलीले उनिहरुलाई पक्राउ गरेको प्रहरी श्रोतले बतायेका छन ।
त्यस्तै राष्ट्रिय क्रीकेट टोली सदस्य आदिल अन्सारी लाई षडयन्त्र मुलक ढंगले फसाउने प्रयास भईरहेको सिम्रौनगढ वासिले दाबी गरेका छन
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।
पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिये ।
