डेढ करोडको चरस साथ दुई नेपाली पक्राउ ।

 बाराको सिमावर्तित भारतको पुर्बी चम्पारण सदर मुकाम मोतिहारी प्रहरी ले एक करोड पचास लाख रुपैया बराबरको चरसको साथ दुई जना नेपालीलाई नियन्त्रणमा लियेको छ । 

नेपाल बाट मोतीहारीको बाटो भई दिल्ली गयिरहेको सुचना पाई जिल्ला पुर्बी चम्पारण प्रहरी प्रमुख एस पी कान्टेश कुमार मिश्राको निर्देशमा गठित प्रहरी टोलीले मोतिहारी सिघिया गुम्ती नजिक बाट ६ किलो चरेस र एउटा  मोटरसाइकल सहित दुई जना नेपालीलाई नियन्त्रणमा लियेको छ । 

नियन्त्रणमा मा पर्नेमा बारा उप महानगरपालिका टोल पनटोका बेलहिया निवासी राकेश यादव र पर्सा भिसवा लङ्गडी निवासी राजेश यादव रहेका छन ।

यो कारवाही डी एस पी अरुण कुमार गुप्ताको नेतृत्वमा गठित  प्रहरी टोली द्वारा गरियेको जनाईयेको छ । भारतिये बजारमा यसको मूल्य डेढ करोड रहेको छ । 

यश सम्बन्ध मा मोतिहारी एस पी मिश्रालेबताउनु भयो कि गिरफ्तार दुबै जना नेपालकोनिवासी हो ।उनिहरु सग पुछताछ जारी रहेको । यसका साथै छापामारीमा सहभागी प्रहरी टिमलाई पुरस्कृत गरि सम्मान गर्ने बताउनु भयो ।


Post a Comment

Previous Post Next Post