बाराको महा गढीमाई नगरपालिका ११ टोल मधुरिमा एक जना ब्यक्ति को पराल काटिने मसिनमा बायाँ हात कटेको छ ।
आज दिउँसो एक बजे ना ६ त १५७३ नम्बर को ट्याक्टरमा जडान गरियेको पराल काटिने मसिनमा स्थानिय वर्ष ३५ को अमेरिका प्रसाद यादवको बायाँ हात केहुनी सम्म कटेको छ र साथै उनको दायाँ हातको चार वटा औला पनि काटे
को बुझियेको छ । सुचना पाउन साथ स्थानीय प्रहरी पुगी टयाक्टरलाई नियन्त्रणमा लियेको जिल्ला प्रहरी कर्यालय कलैयाको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।
उनको उपचार कलैया अस्पतालमा भैरहेको र अवस्था गम्भीर रहेको जनाईयेको छ । ट्रेक्टर धनी स्थानिये सुरेन्द्र साह तेली रहेको छ ।
