रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
राष्ट्रिय निषाद संघ को बृहद सकृये कार्यतर्ता भेला एव अन्तर्कृया कार्यक्रम शुक्रवार अबेर सम्म बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड न. -६ टोल पटेर्वा डमार स्थित प्राथमिक बिधालयको खेल मैदानमा सप्पन्न भएको छब।
सो भेला एव अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय निषाद संघका केन्द्रिय नेता बिजय निषादले बताउनु भयो कि नेपालमा निषाद जातीको एकताको सस्थापक पुर्ब मन्त्री मेघराज निषाद को कार्यकाल सम्म सबै निषाद जातीहरु एकतामा थिये ।वाहाको स्वर्गवास हुँदै निषाद जातीहरु टुक्रा टुक्रामा बिभाजित भये जुन कि आज सम्म एक भएको छैन । यश सम्बन्धमा आज एउटी स्थानिये महिला सन्जिता कुमारी निषाद ले निषाद जातीहरुलाई एकताको शुत्रमा बाधन जुन लक्ष्य राखेकी छीन सो अति नै सराहनिये छ मलाई लाग्छ कि वाहा आफ्नो लक्ष्यमा सफल हुने छिन । एउटा महिलामा दुर्गा ,लक्ष्मी र सरस्वतिको वास हुन्छ सो सन्जिता कुमारी निषालले आफ्नो तिनै शक्ति को साथ निषाद जातीहरुको हक अधिकारको लागि अघि बढने छीन। वाहाको हात बलियो पार्न हामी सबै तैयार छौ ।
राष्ट्रिय निषाद संघको केन्द्रिय अध्यक्ष संजिता कुमारी निषाद्को अध्यक्षतामा भएको निसाद एकता भेलामा निम्न वक्ताहरुले आफ्नो बिचार राखेका थिये वक्ताको क्रममा झापा बाट लाल सहनी , मोरङ्ग का योगेन्द्र मुखिया ,धनुषाबाट आशा केवट , सिरहा बाट महेन्द्र मुखिया बिन ,सिरहाबाट अनिता निषाद , सर्लाही बाट रन्जित सहनी ,रौतहट को सोभी सहनी , बाराका प्रमानन्द मुखिया, बुद्धराम मुखिया , सोहराई मुखिया रौतहट को मनिलाल निषाद , राष्ट्रिय निषाद सघ को कोषाध्यक्ष संगिता महतो नुनिया र वरिष्ठ नेता सिताराम निषाद रहेका छन ।
कार्यक्रमको स्वागत जीवन मुखियाले गरेका थिये भन्ने सन्चालन सुरेश मुखियाले गर्नु भएको थियो ।

