सनातन धर्म रक्षा सिम्रौनगढको ७० औ सत्संग गोष्ठी अमृतगन्ज रानीवास राम जानकी मन्दिरको पारङ्गमा सम्पन्न ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

सनातन धर्म रक्षा मन्चको ७० औ  सत्संग गोस्टी बिहीवार  बाराको सिम्रौनगढ २ अमृत गन्जको रानिवास मन्दिरको पारङ्गणमा  सम्पन्न  भएको  छ  ।

आत्म बोध समाज निर्माण ,हत्या हिन्सा रहित समाज निर्माण , नशा मुक्ती समाज निर्माण , भेदभाव  रहित समाज निर्माण लगायेत को उधेस्य रहेको यो सत्य संग  गोष्टीमा प्रवचन कर्ताहरुले उधेस्यलाई  मदय नजर राख्दै आफ्नो प्रवचन गरेका थिये ।

सनातन धर्म रक्षा मन्च को अध्यक्ष  ओमप्रकाश ठाकुर को अध्यक्षतामा भएको  यश सत्य सशंग गोस्टीमा बैकुण्ठ प्रसाद जयसवाल , रौतहटको  सन्यासी बिरु सरस्वती ,परवानिपुरका बिनोद श्रीवास्तव , बेतौना का मेघनाथ बैरागी, ॐ शान्ती का बि . के. निर्मला दिदी  लगायेतले प्रवचन दियेका थिये ।


यश धार्मिक कार्यक्रमको सुरुमा  भगवान शिवको  पुजा गरि माहा मृतुन्जय मन्त्र साथ  बृहद हवन र आरती को आयोजना गरियेको थियो । यो धार्मिक कार्यक्रम अन्तरगत  भण्डारा को आयोजना  गरियेको थियो । यो धार्मिक गोस्टीकोमा सनातन धर्म रक्षा मन्चको  सचिव बकुण्ठ प्रसाद जयसवालले सहजीकरण गर्नु भएको  थियो । गोष्टीमा विश्व हिन्दु परिषद शखा सिम्रौनगढ नगढका अध्यक्ष  रामबिलास प्रसाद साह लगायेत सनातन धर्म सग सम्बन्ध राधे राधे , कबिर, ॐशान्ती , जय गुरुदेव सहित   विभिन्न पन्थिहरु र  सिम्रौनगढ का स्थानीय भद्रभलादमी को उपस्थिती रहेको थियो ।  

Post a Comment

Previous Post Next Post