बाराको सिम्रौनगढ ७ मा सिम्रौनगढ विशेषाक भोजपुरिया माट्टीको बिमोचन कार्यक्रम एउटा समारोह बिच सम्पन्न भएको ।
सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा भएको यश समारोहमा प्रमुख अतिथी नेपाल भाषा आयोग संघ को अध्यक्ष डा.गोपाल ठाकुर र सिम्रौनगढ नगरपालिका को मेयर किशोरी प्रसाद कलवारले सन्युक्त रुपले पुस्तक खोली बिमोचन गर्नु भयो । बिमोचन गर्दै प्रमुख अतिथी डा. गोपाल ठाकुरले बताउनु भयो कि प्रसिद्ध एतिहासिक, पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढको पहिचान पन्चायती काल देखि नै यसको पहिचान मिटाउने प्रयास भैइ रहेको छ ।केही दिन पहिले सम्म सिम्रौनगढ नामको केही कुरा थियेन । जब नामै कसैलाई थाह थियेन भन्ने विकासको कल्पना कसरी गर्न सकिन्छ र आज पनि त्यस्तै फटहा र लफ्ङ्गाहरु राजा आउ देश बचाउ को कुरा गर्दैछ ।यसरी सब भन्दा पहिले संघियता ,लोकतन्त्र र गणतन्त्र जब सम्म बलियो हुदैन सिम्रौनगढको हाल पन्चायती काल भन्दा पनि खराब हुनेछ ।
मेयर किशोरी प्रसाद कलवारको अध्यक्षता भएको यो विमोचन कार्यक्रम मा भोजपुरी प्रतिष्ठान बाराको अध्यक्ष एव भोजपुरिया माटीको सम्पादक रामप्रसाद साह उपाध्यक्ष जङ्गबहादुर यादव , साहित्यकार बतहु यादव , धुर्वलाल सहनी,विजय पाण्डेय ,आमोद गुप्ता,धिरेन्द्र यादव सिम्रौनगढ नगरपालिका ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव ,७ को विवेक मेहता, ६ को नन्दकिशोर प्रसाद जयसवाल सहित्यकार रामेश्वर मेहता लगायेत ले शुभकामना बिचार राखेका थिये ।
साहित्यकार सुरेन्द्र गीरी ले स्वागत गर्नु भएको यो कार्यक्रम को सन्चालन संजुबाबा माेची ले गर्नु भएको थियो ।
यश अवसरमा कवि आमोद प्रसाद गुप्ताले सिम्रौनगढको कथा युक्त गित गायेका थिये ।
