भारी मात्रामा युरिया मल बरामद चार राउन्ड गोली फायर

 भारी मात्रामा युरिया मल प्रहरी द्वारा छापामारी  , चार राउन्ड गोली फायर ।


रामेश्वर मेहता ।

भारतबाट तस्करी गरि भण्डारण गरिये को १२००  बोरा युरिया र डी ए पी मल रौतहट प्रहरी ले छापामारी गरि नियन्त्रणमा लियेको छ ।

यश सम्बन्ध मा आज रौतहट प्रहरीले तस्करीको मल समात्न चार राउन्ड हवाई फायर समेत गरेको छ ।

राजपुर नगरपालिका ५ बस्ने रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको करिब एक हजार बोरा युरिया र डिएपी रासायनिक मल शुक्रबार बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।अबैध रूपमा तस्करी गरि नेपालमा भित्रीयाएका मलको बारेमा सुराकिले दिएको जानकारी अनुसार सो मल बरामद गर्न  प्रहरी निरीक्षक दिनेश कुवरको नेतृत्वमा गएको  प्रहरीको टोलीले दुई जना तस्कर द्वय रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।जिल्लाको सिमा नजिकै रहेका राजपुर, मठिया, जयनगर, रामपुरखाप लगायतको नाकाबाट प्रहरीको मिलोमतो तथा अवैध रूपमा तस्करीको व्यापार फस्टाएको स्थानीयहरु बताउँछन्


Post a Comment

Previous Post Next Post