बाराको सिम्रौनगढ ४ टोल गंगानगरमा आयोजित श्री लक्ष्मीनारायण माहायज्ञ को लागि आज बृहद कलश शोभा यात्रा निकालियेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव द्वारा यो लक्ष्मीनारायण महायज्ञको उदघाटन पछि यज्ञ स्थल गंगानगर बाट निकालियेको सो कलश जल यात्रा गङानगर, हरिहर पुर ,सिम्रौनगढ, जानकी नगर , अमृतगन्ज , हुँदै रानिवास बजारमा पुगे पछी वर्ड न७ को वार्ड अध्यक्ष विवेक मेहता ले कलश जल यात्रालाई स्वागत गरेका थिये । पछी कलश यात्रामा मा सहभागी भक्तजनहरु फलहार गरि पुन: जलयात्रा नयका टोला , राम नगर हुँदै त्रीवेणीमा जल बोझी यज्ञ स्थल मा बिधिवत पुजा गरि यज्ञ आरम्भ भएको थियो ।
बाजा गाजा हाती घोडा को साथ निकालियेको यश जल शोभा यात्रामा कुमारी कन्या , महिला पुरुष श्राधालु भक्तजन र सिम्रौनगढ नगरपालिका को मेयर किशोरी प्रसाद कलवार , समाजसेवी राजेश यादव , सनातन धर्म रक्षा मन्चका अध्यक्ष ओमप्रकाश् ठाकुर , प्रमानन्द मुखिया , शुभाष कुशवाहा लगायेत स्थानिये भद्रभलादमी महिला पुरुषको ठूलो सहभागिता रहेको थियो ।

