नेता सरोज यादवको सपना सकार

 नेता सरोज यादवको सपना सकार ।

मधेश प्रदेशमा जसपा सरकार ।।


रामेश्वर मेहता / सिम्रौनगढ 

प्रसिद्ध एतिहासिक, पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढ ईलाकाका वासिन्दाहरु बिगत ३ द्सक देखि आफ्नो ठाउको पहचान र विकास होस भन्ने विभिन्न सघ सस्था, संबंधित निकाये र नेताहरुलाई गुहार्दै आज सम्मको स्थिति सम्म आये । तर सिम्रौनगढको विकास त केही भये तर पहचान हुन सकेन । आज सिम्रौनगढको नाम बेची केही ब्यक्ति आफ्नो ठाउको विकास दिन दुना रात चौगुना गरिरहेको छ । देशमा संघियता आये एता यहाँ जनताहरु आफ्नो प्रेदेशको नाम सिम्रौनगढ प्रदेश हुनु पर्ने , राजधानी हुनु सिम्रौनगढमा हुनु पर्ने यहाँ सम्म कि मुख्यमन्त्री यश ईलाकाको हुनु पर्ने चिल्लाई रहे तर केही पनि भयेन ।  तर कंकाली माई को शक्तीले यस्तो सन्योग स्थिति सृजना भयो कि आज सिम्रौनगढका जनताहरुको सपना सकार भएको छ, सिम्रौनगढले मुख्यमन्त्री पायेको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री सिम्रौनगढ ३ निवासी स्वर्गिये प्रमानन्द प्रसाद यादवको पुत्र सरोज कुमार यादव हुनु भएको  छ ।प्रमानन्द प्रसाद यादव जमिन्दार थिये र  स्नेह ,दया, प्रेमको सागर थिये  जुन गरिबहरुलाई सधै माया गर्थे र शिक्षा, समाजिक एव धार्मिक क्षेत्रमा नगद एव जगा दान गरि यश क्षेत्रमा लोकप्रियता बटोर्नु भएका थिये ।वाहा  पन्चायती ब्यवस्था कालमा पटक पटक हरिहरपुर पंचायतका मुखिया रहेका थिये र गजेन्द्र नरायण सिह नेतृत्वको सदभावना पार्टी का संस्थापक सदस्य पनि  थिये ।उनको एकमात्र पुत्र सरोज कुमार यादवको जन्म २०२९ सालमा भयो । प्रारम्भिक शिक्षा सिम्रौनगढ स्थित श्री कंकाली मिडिल ईङलिस स्कुल बाट सुरु भैइ ठाकुरराम क्याम्पस बीरगन्ज वाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरि आफ्नो राजनितिक जीवन २०५९ मा  हरिहर पुर गाबिसको अध्यक्ष  बनी सुरु गर्नु भयो ।  सद्भावना पार्टीका उनी महासचिव पनि  थिए । जसपा, लोसपा, सद्भावनालगायतका मधेसकेन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्ष बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका थिए । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक संघीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने ।

यता यश पल्ट बारा निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट उनी एमाले र जसपाबीचको चुनावी तालमेलमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ मा तत्कालीन राजपाबाट प्रदेश सभामा यही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी   तत्कालीन राजपाबाट चुनाव जिति  प्रदेश न. २ को सभामुख बनेका थिये र यता राजपा र लोसपाको एकीकरण भैइ जसपा बन्दा उनी जसपामा नै रही रहे र  उम्मेदवारी दिएका थिए । यश चुनावी प्रतीस्प्रधामा   ४ हजारभन्दा बढी मतान्तरले नजिकका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र साहलाई पछि पार्दै विजयी भएका थिए ।

पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भई  आज सरोज कुमार यादवव मुख्यमन्त्री भए ।

मुख्यमन्त्री यादवको सब भन्दा ठूलो चुनौती जुन जनताले वाहालाई मुख्यमन्त्री बनायेको छ सो ठाउको बिकास गर्नु छ । एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढको सौन्दर्यकरण ,होटेल, होम स्टे , रिसोर्ट , धर्मशाला , गेष्टहाउस ,टाउनहल ,मेडिकल कालेज ,म्युजियम , चिडियाखाना निर्माण गर्ने र एतिहासिक , पर्यटकिये र धार्मिक  ठाउहरुको संरक्षण गरि आन्तरिक एव बिदेशी पर्यटकहरु भित्रीयाउने खालको पुर्बाधार निर्माणमा जोड दिने । सानो समयमा मधेस प्रदेश को विकास को साथै उपयुक्त ठाउहरुको बिकास उनको लागी ठूलो चुनौती सरह लिन सकिन्छ ।


Post a Comment

Previous Post Next Post