रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको पचरौता नजिक सिमावर्तित भारतको महुआवा एस एस बी का जवानहरुले पाच जना नेपाली सहित भारी मात्रामा तस्करीको प्याज आफ्नो नियन्त्रणमा लियेको छ ।
भारतबाट नेपाल भित्रीयाउदै गरेको अवस्थामा एस. एस. बी. को 71 वा वटालियन महुआवाले गुप्त सुचनाको अधारमा छापामारी गरि उक्त समानहरु नियन्त्रणमा लिईयेको छ ।
जसमा नेपाली र भारतिये नम्बर प्लेटको 11 वटा मोटरसाइकल , 30 क्युनटल प्याज ,८ बोरा मल तथा पाच जना नेपाली तस्करलाई नियन्त्रणमा लियेको एस. एस . बी . प्रहरी श्रोत्ले जनायेका छन । मोटरसाइकलको नम्बर र नियन्त्रणमा लिईयेको नेपाली ब्यकिको नाम खुलाईये छैन ।
अचेल भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाये पछी हिजो आज रक्सौल , आदापुर , छौडादानो र घोडासहन नाका भई नेपाल तिर तस्करी बढेको बुझियेको छ ।
